global ime bank Long Banner Ad

गृहपृष्ठ गुल्मीमा गाईपालक किसानलाई प्रसूति भत्ता

गुल्मीमा गाईपालक किसानलाई प्रसूति भत्ता

गुल्मीमा गाईपालक किसानलाई प्रसूति भत्ता

मदाने गाउँपालिकामा गाईपालक किसानलाई प्रसूति भत्ता वितरण गरिएको छ । वडा नं १ अन्तर्गत अग्लुङ्मा स्थानीय जातको रैथाने गाईपालन गर्ने किसानलाई प्रसूति स्याहार भत्ता वितरण गरिएको वडाध्यक्ष सुशिल चन्दले जानकारी दिए।

गाउँपालिकाले अग्लुंका ३० गाईपालक किसानलाई जनही दुई हजार ५०० का दरले उक्त प्रसूति स्याहार भत्ता उपलब्ध गराएको हो । पछिल्लो समयमा बसाइँसराइका कारण गाउँबाट मानिसहरु विस्थापित हुँदै जान थालेसँगै स्थानीय जातका गाई लोप भइरहेको अवस्थामा किसानलाई गाईपालनमा प्रोत्साहन गर्ने उद्देश्य पालिकाले उक्त प्रसूति भत्ता उपलब्ध गराएको अध्यक्ष चन्दले बताए ।

गाउँमा चाड पर्व तथा तिथि सरादजस्ता धार्मिक कार्यका लागि स्थानीय जातको गाईको दूध, गहुँत र गोबर पाउन समस्या भएका कारण गाउँपालिका रैथाने गाईको संक्षणमा जुट्न थालेको हो । यसरी भत्ता उपलब्ध गराएसँगै त्यस क्षेत्रका गाईपालक किसान पनि थप उत्साहित बनेका छन् ।

प्रकाशित समय : १४:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु