गृहपृष्ठ बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

बैंकिङ प्रणालीबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बुधबार एकै दिन बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ ।

राष्ट्र बैंकले २० दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैंक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्। सोमबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ ।

राष्ट्र बैंकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी असार १८ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । ।

प्रकाशित समय : ११:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु