गृहपृष्ठ जडीबुटी–पेप्सीकोला सडकखण्डका अवैध संरचना हटाइदै

जडीबुटी–पेप्सीकोला सडकखण्डका अवैध संरचना हटाइदै

जडीबुटी–पेप्सीकोला सडकखण्डका अवैध संरचना हटाइदै

काठमाडौँ । काठमाडौँको जडीबुटी–पेप्सीकोला सडक खण्डको ‘राइट अफ वे’ सडक सीमा भित्रका संरचना जग्गाधनी आफैंले हटाउन थालेका छन् ।

सडक विभाग र काठमाडौँ महानगरपालिकाले ३५ दिनको अल्टिमेटम दिएर सूचना निकालेपछि अवैध संरचना हटाउन उनीहरू आफैँ कस्सिएका हुन् ।

उक्त सडक खण्डको सीमा क्षेत्रभित्र नक्सा पास नगरी बनाइएका अनधिकृत संरचना व्यक्ति आफैंले हटाउनुपर्ने र नभए कानूनअनुसार कारबाही हुने सार्वजनिक सूचना जारी भएको थियो ।

भौतिक पूर्वाधार मन्त्रालयले राजपत्रमा प्रकाशन गरेको सूचनाअनुसार जडीबुटी चोकदेखि पेप्सीकोला सडक खण्डमा सडकको केन्द्र रेखाबाट दायाँबायाँ १५–१५ मिटर सडकको सीमा कायम भएको छ । यो सीमामा सडक विभाग र महानगरले यसै महिना सीमांकन गरेर चिह्नसमेत लगाएका छन् ।

प्रकाशित समय : १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु