गृहपृष्ठ छिमेकी देश भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो, नेपालमा जोखिम बढ्दै

छिमेकी देश भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो, नेपालमा जोखिम बढ्दै

छिमेकी देश भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुग्यो, नेपालमा जोखिम बढ्दै

काठमाडौं । छिमेकी देश भारतमा पछिल्लो ९ दिनमै कोरोना संक्रमणबाट ५८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ६ हजार नाघेको छ ।

भारतमा कोरोना भाइरसबाट पछिल्लो पटक ५८ जनाको मृत्यु भैसकेको अवस्थामा छिमेकी मुलुक नेपाल उच्च जोखिममा परेको छ । भारतमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको हो ।

पछिल्लो ९ दिनमा ३ हजार ४२३ नयाँ संक्रमित थपिनुका साथै ५८ जनाको मृत्यु भएको भारतको स्वास्थ्य विभागले जनाएको छ । मे ३० सम्म सक्रिय संक्रमित २ हजार ७१० मात्र थियो भने मृत्यु हुनेको संख्या ७ रहेको थियो । हाल दैनिक ४०० नयाँ संक्रमित र औषतमा ५–६ जनाको मृत्यु हुने गरेको भारतीय अधिकारीहरुले बताएका छन् ।

केरलामा सबैभन्दा बढी संक्रमित फेला परेका छन् भने भारतमा चार नयाँ भेरियन्टहरू पत्ता लागेका छन् । भारतबाट नेपाल आएका कतिपय मानिसहरुमा कोरोना पुष्टि भएको छ ।

बाँकी जोखिम कम गर्नका लागि सर्तकताको पूर्व तयारी अपनाइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय तीव्र रूपमा फैलिएको सङ्क्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर विगत दुई सातादेखि पूर्व तयारी भइरहेको जानकारी दिए ।

प्रकाशित समय : १२:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु