गृहपृष्ठ लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन
लण्डनकै दोश्रो स्थानमा पर्यो ब्लुम्स्बरी इन्स्टिच्युट लण्डन
ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनले २०२४ को नेशनल स्टुडेन्ट सर्भेमा विजनेस स्टडी तर्फ लण्डन भरमै दोश्रो स्थान हाँसिल गर्न सफल भएको छ ।
ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनलाई नेपालमा प्रतिनिधित्व गर्ने ए.आर. एजुकेसनका डेपुटी डाईरेक्टर संजना पाण्डे भन्छिन्, “हामीले शुरुवात देखि निरन्तर लण्डनको यो कलेजमा विद्यार्थीहरु पठाईरहेका छौं ।
अन्तर्राष्ट्रिय विद्यार्थीको उच्च सम्मान गर्ने यस कलेजले नेपाली विद्यार्थीहरुलाई राम्रो रेस्पोन्स गर्ने गरेको र भिसा सक्सेस रेट पनि राम्रो रहेको हाम्रो अनुभव छ ।”
सेन्ट्रल लण्डनको बेडफर्ड स्क्वायर मुख्यालय रहेको ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनको सन् २००२ मा स्थापना भएको थियो । अत्याधुनिक सुविधा सम्पन्न कलेज भवन, विद्यार्थीलाई आवश्यक पर्ने सबैखाले भौतिक सुविधा तथा आधुनिक र आजको आवश्यकता सम्बोधन गर्ने शिक्षण पद्धतीले गर्दा यस कलेजले निरन्तर लण्डनकै कलेजहरु मध्येमा अग्रणी स्थान हासिल गर्न सफल भएको हो ।
“४० भन्दा बढी देशका विद्यार्थीहरु पठन पाठन गर्ने यस कलेजमा नेपाली विद्यार्थीको राम्रो संख्या रहेको छ ।” पाण्डे भन्छिन्, “कलेज सेन्ट्रल लण्डनमा छ, पढाईमा उत्कृष्ठ छ, विद्यार्थीलाई कुनै समस्या परेको खण्डमा कलेज प्रशासनले तत्काल सम्बोधन गर्छ, एफोर्डेबल फि स्ट्रक्चर छ, अनि यो कलेजको छवि र मान्यता पनि राम्रो छ ।” यि सबै पक्षले विद्यार्थी माझ कलेज लोकप्रिय रहेको प्रष्टै देखिन्छ ।
विजनेस स्टडीका अलावा कलेज तथा विश्वविद्यालयमा प्राप्त हुने सिकाईका अवसर तथा विद्यार्थीहरुको शैक्षिक हितका क्षेत्रमा समेत ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनले लण्डन भर गरिएको सर्भेमा दोश्रो स्थान हाँसिल गर्न सफल भएको छ ।
फेब्रुअरी, जुन र अक्टुवर गरि तिनवटा इनटेकमा विद्यार्थी भर्ना लिने यस कलेजले ब्यवस्थापन तर्फ विए विजनेस म्यानेजमेन्ट, मास्टर अफ विजनेस एडमिनिस्ट्रेसन, एमएससी म्यानेजमेन्ट र सिएमआई मा, फाईनान्स तर्फ विएससी एकाउण्टिङ् एण्ड फाईनान्स, एमएससी एकाउण्टिङ् एण्ड फाईनान्स, एमएससी फाईनान्स एण्ड वेल्थ म्यानेजमेन्ट, सिआईएमए, र एसिसिए तथा कानुन तर्फ एलएलवी ल एण्ड लिगल प्राक्टिस र सिआईएलईएक जस्ता कोर्सहरुमा अन्तराष्ट्रिय विद्यार्थी भर्ना लिँदै आएको छ ।
प्रकाशित समय : ११:२४ बजे


















