global ime bank Long Banner Ad

गृहपृष्ठ बैंकिङ तरलता समाधान गर्न सरकार नै सकृय हुनुपर्छ : दिनेश थकाली सिइओ, कामना सेवा विकास बैंक

बैंकिङ तरलता समाधान गर्न सरकार नै सकृय हुनुपर्छ : दिनेश थकाली सिइओ, कामना सेवा विकास बैंक

बैंकिङ तरलता समाधान गर्न सरकार नै सकृय हुनुपर्छ : दिनेश थकाली सिइओ, कामना सेवा विकास बैंक

बैंक तथा वित्तीय संस्थामा रहेको नगद उपलब्धताको अवस्थालाई तरलता भनिन्छ । कुनै पनि सम्पत्तिको तुरुन्त खर्च वा भुक्तानीयोग्य रकममा परिणत हुन सक्ने गुण वा क्षमतालाई तरलता भनिन्छ । बैंकिङ तथा वित्तीय क्षेत्रमा तरलतालाई तुरुन्त लगानीयोग्य पूँजीका रूपमा पनि बुझ्ने गरिन्छ ।

सर्वसाधारणले बैंकमा राखेको निक्षेप, बैंकहरूले केन्द्रीय बैंकमा राखेको रकम, बजारमा खरिद–बिक्री भइरहने वित्तीय उपकरण र सुनचाँदी जस्ता बहुमूल्य धातुमा अत्यधिक तरलता गुण हुन्छ ।
पछिल्लो समयम बैंकिङ तरलता अधिक भए पनि त्यसलाई व्यवस्थापन गर्नु चुनौतीपूर्ण बन्दै गएको छ । बैंकिङ प्रणालीमा बढी भएको तरलता केन्द्रीय बैंकले स्थायी निक्षेप सुविधा र निक्षेप संकलन उपकरण मार्फत प्रशोचन गर्दै आएको छ । बैंकीङ क्षेत्रको सबैभन्दा ठुलो समस्याका रुपमा देखा परेको यो विषयलाई कसरी निराकरण गर्न सकिन्छ भन्दै न्युज कारोबारले विज्ञ तथा सरोकारवालाहरुसँग आबश्यक परामर्श गरि समाधानको उपाए बारे धारणा लिने अभियान सुरु गरेको छ । यसै शन्दर्भमा हामिले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीसँग संवाद सुरु गरेका छौं । हेर्नुहोस उहाँको जवाफ,

कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले अहिलेको प्रमुख समस्याका रुपमा रहेको बैंकिङ तरलताको स्थायी समाधानका लागि सरकार नै सकृय हुनुपर्ने बताएका छन् । न्युज कारोबारले सुरु गरेको बैंकिङ तरलताको स्थायी समाधान के हुन सक्छ भन्ने अभियानमा सिइओ थकालीले विद्यमान समस्याका रुपमा रहेको बैंकिङ तरलताको समाधान गर्न सरकार नै सकृय हुनुपर्ने बताएका हुन् । उनले अर्थतन्त्र चलाएमान हुन नसकेको बताउदै सिंगो अर्थतन्त्र चलायमान हुन सरकार नै सकृय हुनुपर्ने बताएका छन् । युवाहरुलाई विदेश पलाएन हुनबाट रोक्न सरकारले उद्योग कलकारखाना सञ्चालन गर्नुपर्ने बताउदै युवाहरुलाई राम्रो अवसर सहित स्वदेशमै राख्न सकियो भने पनि यो समस्या केही हदसम्म समाधान हुने छ । सिइओ थकालीले व्यवसायीहरुले पनि मर्यादित ढंगबाट व्यवसाय गर्नुपर्ने बताएका छन् । उनले कर्जाको व्याजदर यति सस्तो हुँदा समेत तरलता थप्पिनु राम्रो संकेत नभएको जानकारी दिए । त्यसकारण सरकारको नीति तथा कार्यक्रम , बजेट राष्ट्र बैंकको मौद्रिक नीति जस्ता विषयहरुले प्रभावकारी सम्बोधन गर्न सके केही हदसम्म बैंकीङ् तरलता कमी हुने देखिन्छ ।

प्रकाशित समय : १७:४३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु