काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एक अर्ब १० करोड रुपैयाँ सवारीसाधन कर बाँडफाँट हुने

2.33K
shares

विराटनगर । कोसी प्रदेश सरकारले स्थानीय विभाज्य कोषबाट स्थानीय सरकारबीच बाँडफाँट गर्ने सवारीसाधन करको हिस्सा र अनुमानित सीमाको विवरण स्थानीय तहमा पठाएको छ । संघीय बजेट आएसँगै प्रदेश सरकार बजेटको तयारीमा लागेको छ । त्यसपछि स्थानीय तहको बजेट आउँछ ।

आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कोसी सरकारले प्रदेशका १३७ तहमा जाने सवारीसाधन करको हिस्सा त्यससम्बन्धी अनुमानित रकमबारे पत्राचार गरेको हो । आगामी आर्थिक वर्ष प्रदेशबाट स्थानीय तहमा कुल एक अर्ब १० करोड रुपैयाँ बाँडफाँट हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । कोसीमा एक महानगर र दुई उपमहानगरले सबैभन्दा धेरै सावरीसाधन करको हिस्सा पाउँदै आएका छन् ।

प्रस्तुत विषयमा अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६ (क) र प्रदेश वित्त व्यवस्थापन ऐन,२०७५ को दफा ३ बमोजिम प्रदेश र स्थानीय सरकारबीच बाँडफाँट सवारीसाधन कर हुने व्यवस्था छ ।

कोसी मन्त्रिपरिषद्ले यसको अनुमानित सीमा स्वीकृत गर्ने यसअघि नै निर्णय गरिसकेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट चैत २७ गते सवारीसाधन कर बाँडफाँटको हिस्सा सम्बन्धमा प्रदेश सरकारलाई सिफारिस गरेको थियो । प्रदेश सरकारले स्थानीय विभाज्य कोषबाट स्थानीय सरकारबीच बाँडफाँट गर्ने सवारीसाधन करको हिस्सा र अनुमानित सीमाको विवरण पठाइएको स्थानीय तहलाई जानकारी गराएको छ ।

अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ ले एकल कर प्रशासनको दायरामा ल्याई त्यसरी संकलित राजस्व आयलाई प्रदेश र स्थानीय तहबीचमा बाँडफाँटको व्यवस्था गरेको छ ।