global ime bank Long Banner Ad

गृहपृष्ठ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२ औँ संस्करणका उत्कृष्ट फिल्महरुलाई अवार्ड वितरण

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२ औँ संस्करणका उत्कृष्ट फिल्महरुलाई अवार्ड वितरण

अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२ औँ संस्करणका उत्कृष्ट फिल्महरुलाई अवार्ड वितरण

काठमाडौं । अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) को २२ औँ संस्करणका उत्कृष्ट फिल्महरुलाई अवार्ड वितरण गरिएको छ ।

गत बुधबारदेखि सुरु भएको फेस्टिभलमा संसारभरका ३० देशबाट ६५ भन्दा बढी फिल्म देखाइएको थियो । किम्फ फाउण्डेसनद्वारा आयोजित फेस्टिभल ठमेलस्थित क्यूएफएक्सको छाया सेन्टरमा सुरु भएको थियो ।

यसपालिको संस्करणमा निर्णायक मण्डलका रूपमा चलचित्र र टेलिश्रृंखला निर्देशकहरू नवीन सुब्बा (नेपाल), मार्टिन हेसेनोह्रल (अस्ट्रिया), यिङ्की चेन (चीन) सँगसँगै पत्रकारिता र संचार प्राध्यापक छुन झान र चलचित्र प्रोग्रामर जिना ली (दक्षिण कोरिया) थियो ।

त्यस्तै चलचित्र महोत्सव (किम्फ) को २२ औँ संस्करणका सबैभन्दा उत्कृष्ट फिल्मको अवार्ड ‘फ्यामेलि म्यान’ नामक चलचित्रले पाएको छ ।

उक्त फिल्मले एक लाख रुपैयाँ नगद राशि प्राप्त गरेको हो । त्यस्तै अन्य उत्कृष्ट फिल्म अर्वाड पाउने फिल्महरु ‘बर्ड अफ अ डिर्फरेन्ट फिचर’, ‘सङ अफ लभ एण्ड हेट’, ‘बटरफ्लाई भुटान’, ‘विट्उइन दि माउन्टेन्ड दि स्काइ’, ‘कट कथा’ जस्ता फिल्महरुले अवार्ड पाएका थिए ।

प्रकाशित समय : १८:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु