गृहपृष्ठ यामाहा नेपालले ल्यायो एमटी-१५ भर्सन २ किन्ने ग्राहकलाई विशेष राइडिङ ज्याकेट अफर
यामाहा नेपालले ल्यायो एमटी-१५ भर्सन २ किन्ने ग्राहकलाई विशेष राइडिङ ज्याकेट अफर
यामाहा नेपालले एमटी-१५ भर्सन २ चाहनेहरूलाई लक्षित गर्दै एक विशेष लिमिटेड टाइम अफर सार्वजनिक गरेको छ ।
अबदेखि नयाँ एमटी-१५ भर्सन २ को खरिदमा प्रत्येक ग्राहकले उपहारस्वरूप एक प्रिमियम राइडिङ ज्याकेट पाउने कम्पनीले जनाएको छ ।
जेठ १८ गतेदेखि सुरु भएको यो अफर नेपालभरिका सबै अधिकृत यामाहा शोरूमहरूमा उपलब्ध हुनेछ ।
नगद वा सजिलो किस्ताबन्दी योजनामा बाइक किन्ने प्रत्येक नेपाली ग्राहकले ‘कवच’ ब्रान्डसँगको सहकार्यमा तयार गरिएको गुणस्तरीय र प्रिमियम राइडिङ ज्याकेट प्राप्त गर्नेछन् ।
अत्याधुनिक डिजाइन, टिकाउपन र सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको यो ज्याकेट केवल फेसनका लागि मात्र नभई सुरक्षित र आत्मविश्वासका साथ यात्रा गर्नका लागि एक महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ ।
प्रकाशित समय : १८:४८ बजे



















