global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ राप्रपा नेपालका अध्यक्ष कमल थापासहित छ जना पक्राउ

राप्रपा नेपालका अध्यक्ष कमल थापासहित छ जना पक्राउ

राप्रपा नेपालका अध्यक्ष कमल थापासहित छ जना पक्राउ

काठमाडौंको नारायणचौरमा आज भएको प्रदर्शनका क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) नेपालका अध्यक्ष कमल थापासहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

निषेधित क्षेत्र तोड्न खाजेपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । पक्राउ परेकाहरूलाई हाल परिसरमा राखिएको उनले बताए।

यसरी पक्राउ पर्नेमा थापासहित ललितपुरकी शिला राणा, भक्तपुर थिमीका राकेश बस्नेत, नुवाकोटका रामचन्द्र लामिछाने, टोखाका विनोद कपाली र भक्तपुरका सरोज तिमिल्सिना रहेका छन् ।

राजतन्त्रको पक्षमा राप्रपा, राप्रपा नेपाललगायतले केही दिनदेखि यहाँ प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित समय : १७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु