global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ नासाको नेतृत्वबाट इसाकम्यानलाई हटाइयो

नासाको नेतृत्वबाट इसाकम्यानलाई हटाइयो

नासाको नेतृत्वबाट इसाकम्यानलाई हटाइयो

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नासाको प्रमुख जेरेड इसाकम्यानलाई फिर्ता बोलाएका छन । शनिबार ह्वाइट हाउसले नयाँ उम्मेदवारको घोषणा छिट्टै गरिने बताएको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नै लगानीमा सञ्चालित सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन, “नासाको प्रमुखका लागि जेरेड इसाकम्यानको मनोनयन फिर्ता लिएको छु । म चाँडै नै नयाँ मनोनीतको घोषणा गर्नेछु । नयाँ उम्मेदवार छिट्टै मिसनमा आबद्ध हुनुहुनेछ र अमेरिकालाई अन्तरिक्षको दोडमा पहिलो स्थानमा राखिरहन नेतृत्व गर्नुहुनेछ।”

गत वर्षको अन्त्यमा ट्रम्पले अर्बपति तथा निजी अन्तरिक्ष यात्री इसाकम्यानलाई नासाको प्रमुखको रूपमा मनोनित गरेका थिए । सिनेटको वाणिज्य, विज्ञान र यातायात समितिले अप्रिलको अन्त्यमा उनको नामाङ्कनलाई अनुमोदन गरेको थियो।

मस्कका निकट सहयोगी तथा उनको कम्पनी स्पेसएक्सका महत्वपूर्ण सेवाग्राही आइज्याकम्यानले कम्पनीबाट करोडौं डलरमा थुप्रै निजी अन्तरिक्ष उडान किनेका छन।

प्रकाशित समय : १७:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु