global ime bank Long Banner Ad

गृहपृष्ठ सगरमाथा आरोहीहरूबीचको मैत्रीपूर्ण फुटबलमा नेपालले चीनको टोलीलाई हरायो

सगरमाथा आरोहीहरूबीचको मैत्रीपूर्ण फुटबलमा नेपालले चीनको टोलीलाई हरायो

सगरमाथा आरोहीहरूबीचको मैत्रीपूर्ण फुटबलमा नेपालले चीनको टोलीलाई हरायो

सगरमाथा आरोहीहरूबीचको मैत्रीपूर्ण फुटबलमा नेपालले चीनको टोलीलाई हराएको छ ।

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वार्षिकोत्सवको अवसर र अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०८२ को सम्मानमा भएको मैत्रीपूर्ण फुटबलमा नेपाली सगरमाथा आरोही टोलीले चीनलाई ४–१ गोलले हरायो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नेपालको सगरमाथा फ्रेन्डशिप टिमले चीनको माउन्ट चोमोलोङ्मा टिमलाई हराएको हो । अल्पाइन स्पोट्र्स फेडेरेशन नेपालको आयोजना तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा मैत्रीपूर्ण फुटबल भएको हो ।

खेल हेर्न नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, एन्फाका अध्यक्ष पङ्कजविक्रम नेम्वाङ लगायतको उपस्थिति थियो ।

प्रकाशित समय : २०:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु