global ime bank Long Banner Ad

गृहपृष्ठ प्रदेशस्तरीय यु-१६ क्रिकेटः दाङ र रुपन्देही फाइनलमा

प्रदेशस्तरीय यु-१६ क्रिकेटः दाङ र रुपन्देही फाइनलमा

प्रदेशस्तरीय यु-१६ क्रिकेटः दाङ र रुपन्देही फाइनलमा

रुपन्देहीमा जारी लीला सेन्चुरी मेमोरियल यु-१६ लुम्बिनी प्रदेशस्तरीय क्रिकेट प्रतियोगितामा दाङले बाँकेलाई ६ विकेटले पराजित गरेको छ ।

जितसँगै समूह ‘बी’को विजेता बन्दै दाङ फाइनल पुगेको छ । यसअघि रुपन्देही समूह ‘ए’ को विजेता बन्दै फाइनल पुगिसकेको छ । यी दुई टीमबीच १६ गते उपाधिका लागि स्पर्धा हुनेछ ।

बुधबार भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा टस जितेर ब्याटिङ गरेको बाँकेले निर्धारित ३५ ओभरमा सबै विकेट गुमाएर १ सय ४५ रन बनायो ।

उसका लागि भुवन शाहीले २९ र फर्दिन अली भाटले २२ रन बनाए । बलिङमा दाङका शुभम खनालले ३, करण जीएमले २ तथा दक्ष ठाकुर र सन्दीप थापाले समान १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको दाङले २२ ओभर ५ बलमा ४ विकेट गुमाएर १ सय ४७ रन बनाउँदै जित निकाल्यो । उसको जितमा शुभम खनालले अविजित ३३, मनोज केसीले नटआउट २७, अमिस सेन्चुरीले २७, योगेश्वर कुंवरले १६ र करण जीएमले १० रन बनाए ।

प्रकाशित समय : २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु