global ime bank Long Banner Ad

गृहपृष्ठ लुकास भास्केजले पनि रियल म्याड्रिड छाड्ने

लुकास भास्केजले पनि रियल म्याड्रिड छाड्ने

लुकास भास्केजले पनि रियल म्याड्रिड छाड्ने

स्पेनिस क्लब रियल म्याड्रिडका अनुभवी खेलाडी लुकास भास्केजले पनि क्लब छाड्ने घोषणा गरेका छन् । उनले यस वर्षको अन्त्यमा फिफा क्लब विश्वकप सकिएपछि रियलमा आफ्नो लामो करियर समाप्त गर्ने भएका हुन् ।

फुल-ब्याकको भूमिका निर्वाह गर्ने ३३ वर्षीय भास्केज सेप्टेम्बर २०१५ मा डेब्यु गरेदेखि, रियल म्याड्रिडको सबैभन्दा सफल युगको अभिन्न अंग बनेका छन्। उनले खेलेका ४०० खेलमा २७० जित दिलाएका छन् र ३८ गोल गरेका छन्। उनको करियर २३ वटा उपाधिसहित शानदार रहेको छ।

उनको सबैभन्दा व्यस्त सिजन २०१७-१८ मा थियो, जहाँ उनले ५३ खेल खेलेका थिए। आफ्नो लामो करियरमा उनले सबैभन्दा धेरै २१ पटक एट्लेटिको म्याड्रिडको सामना गरेका छन्।

प्रकाशित समय : १०:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु