गृहपृष्ठ भुकम्पले भत्किएका जाजरकोटका १ सय ५५ विद्यालय पुनर्निमाणको काम सुरु
भुकम्पले भत्किएका जाजरकोटका १ सय ५५ विद्यालय पुनर्निमाणको काम सुरु
झण्डै दुइ वर्ष अघिको बिनासकारी भुकम्पले भत्किएका जाजरकोटका १ सय ५५ विद्यालय भवन पुनर्निमाणको काम सुरु भएको छ ।
२०८० कात्र्तिकमा गएको भुकम्पका कारण क्षेतिग्रस्त विद्यालय भवनहरु पुनर्निमाण अभियान अन्तर्गत जाजरकोटमा १ सय ५५ विद्यालय भवनको निर्माण कार्य सुरु भएको हो । नेपाल सरकार र अन्य केही दातृ निकायहरुको बजेटमा जाजरकोटका सात वटा स्थानीय तहका १५५ विद्यालय भवनहरु पुनर्निमाण सुरु भएको केन्द्रिय आयोजना कार्यान्वयन इकाई शिक्षाले जनाएको छ ।
जाजरकोटका ४ सय २३ विद्यालयमध्ये भुकम्पबाट २ सय ९० वटा विद्यालय भबनहरु पुर्णरुपमा क्षेती भएका थिए । क्षेतीग्रस्त विद्यालयमध्ये आबश्यकताको आधारमा पहिलो चरणमा १ सय ५५ विद्यालय पुनर्निमाण सुरु भएको केन्द्रिय आयोजना कार्यान्वयन ईकाइका उपनिर्देशक अशोक अधिकारीले जानकारी दिए ।
विद्यालय पुनर्निमाण शाखाका प्रमुख समेत रहेका उपनिर्देशक अधिकारीका अनुसार जाजरकोटमा नेपाल सरकार , प्रदेश सरकार ,एसियाली विकास बैंक , जाईका र युनिसेफ सबै मिलेर ३ वर्ष भित्रै पुनर्निमाण सम्पन्न गर्ने गरी निर्माण सुरु भएको छ । न्युज कारोबारसँग कुरा गर्दै उपनिर्देशक अधिकारीले भने द्रुत गतिमा निर्माण अघि बढिरहेको छ , तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न गर्नेगरी काम भैरहेको छ ।
कसले कति बनाउदैछन विद्यालय भवन
शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटका अनुसार जिल्लाका १५५ विद्यालय विभिन्न संघ संस्था र सरकारी निकायहरुले निर्माण सुरु गरीसकेका छन् । कार्यालयका विद्यालय प्रशासन प्रमुख समेत रहेका प्राविधिक सहायक दलबिर पुनले ७ वटा स्थानीय तहका १५५ विद्यालय मध्ये ५० वटा विद्यालयमा युनिसेफले सेमि पर्मानेन्ट प्रकृतिका भवनहरु निर्माण गरिरहेको छ ।
ट्रष्टको प्रयोग गरी निर्माण गरिरहेका ति भवनहरु एक वर्ष भित्रै निर्माण सम्पन्न हुनेछन् । त्यसैगरी नेपाल सरकारको बजेटबाट केन्द्रिय आयोजना कार्यान्वयन इकाई मातहतका विद्यालय व्यवस्थापन समितिमार्फत ३१ वटा, एसियाली विकास बैंक र जाइकाले २९ वटा विद्यालय बनाइरहेका छन् ।
त्यसैगरी कर्णाली प्रदेश सरकार अन्तर्गतका दुई वटा कार्यालयहरु सामाजिक विकास कार्यालयले १४ वटा विद्यालय भवन र भौतिक पुर्वाधार कार्यालयले ३१ विद्यालय भवन निर्माण गरिरहेको शिक्षा विकास तथा समन्वय इकाई जाजरकोटले जनाएको छ ।
प्रकाशित समय : १८:०१ बजे




















