गृहपृष्ठ त्रिवि अध्यागमन कार्यालयमा अख्तियारको छापा, केही कर्मचारी रंगेहात पक्राउ
त्रिवि अध्यागमन कार्यालयमा अख्तियारको छापा, केही कर्मचारी रंगेहात पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयमा छापा मारेको छ। प्रशासन स्रोतका अनुसार छापा मार्ने क्रममा केही व्यक्तिहरूलाई पक्राउ गरिएको छ।
यो रेड अनियमितता र भ्रष्टाचारसम्बन्धी उजुरीको आधारमा गरिएको बताइएको छ। पक्राउ परेकाहरूको पहिचान र उनीहरूमाथि लागेका आरोपबारे विस्तृत जानकारी हालसम्म सार्वजनिक गरिएको छैन।
अख्तियारले अनुसन्धानलाई तीव्र बनाएको र थप विवरण छिट्टै उपलब्ध हुने जनाएको छ।
यसअघि पनि त्रिभुवन विमानस्थलमा भन्सार, अध्यागमन र अन्य अनियमिततासँग जोडिएका घटनामा अख्तियारले कारबाही गर्दै आएको छ।
प्रकाशित समय : १७:२९ बजे



















