global ime bank Long Banner Ad

गृहपृष्ठ विद्युतीय गाडीको माग बढ्दो,१० महिनामा ९ हजार ८५९ विद्युतीय गाडी आयात

विद्युतीय गाडीको माग बढ्दो,१० महिनामा ९ हजार ८५९ विद्युतीय गाडी आयात

विद्युतीय गाडीको माग बढ्दो,१० महिनामा ९ हजार ८५९ विद्युतीय गाडी आयात

विद्युतीय सवारीसाधनको आयात अत्यधिक बढेका कारण चोभार बन्दरगाहमा विद्युतीय गाडी थुप्रिएका छन् । सरकारले विद्युतीय सवारीसाधनमा कर बढाउने तयारी गरेसँगै व्यवसायीले ठूलो संख्यामासवारीसाधन भित्र्याइरहेका छन् ।

आगामी आर्थिक वर्ष २०८२–८३ को बजेटमा विद्युतीय सवारी साधनमा कर बढ्ने हल्लाका कारण विद्युतीय गाडीको आयात बढेको हो । चालू आर्थिक वर्षको १० महिनामा ९ हजार ८५९ विद्युतीय गाडी आयात भएका छन् ।

चैत मसान्तसम्म ७ हजार ९६७ विद्युतीय गाडी भित्रिएकामा वैशाखमा १८ सय ९२ बढी गाडी भित्रिएका हुन् । तातोपानी भन्सार नाकाबाट वैशाख महिनामा मात्रै १२ सय युनिटभन्दा धेरै विद्युतीय सवारी साधन नेपाल भित्रिएका छन्।

गत वैशाखमा मात्रै तातोपानी भन्सार नाकाबाट एक हजार २१८ युनिट विद्युतीय गाडी नेपाल भित्रिएका हुन् । उक्त आयातबाट सरकारले एक अर्ब ६६ करोड ८० लाख रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।

त्यस्तै, रसुवागढी भन्सार नाकाबाट एक महिनामै ६०५ युनिट विद्युतीय सवारीसाधन नेपाल भित्रिएका छन् ।

प्रकाशित समय : १७:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु