global ime bank Long Banner Ad

गृहपृष्ठ १० महिनामा देशको व्यापार घाटा १२ खर्ब नाघ्यो

१० महिनामा देशको व्यापार घाटा १२ खर्ब नाघ्यो

१० महिनामा देशको व्यापार घाटा १२ खर्ब नाघ्यो

चालू आर्थिक वर्षको १० महिनामा १६ खर्ब ९२ अर्ब ९ करोड रुपैयाँ बराबरको कुल वैदेशिक व्यापार भएको छ । गत वर्षको तुलनामा १८.३७ प्रतिशतले व्यापार बढेको भन्सार विभागको आज प्रकाशित तथ्यांकमा उल्लेख छ ।

गत वर्षको यस अवधिमा १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको व्यापार भएको थियो । चालू वर्षको साउनदेखि वैशाखसम्म१० महिनाको अवधिमा आयात निर्यात दुवैको वृद्धिसँगै वैदेशिक व्यापार बढेको छ । ८७.१२ प्रतिशतको आयात हुँदा १२.८८ प्रतिशत निर्यात भएको छ । यसअनुसार देशको व्यापार घाटा साढे १२ खर्ब नाघेको छ । वैशाख मसान्तसम्म १२ खर्ब ५६ अर्ब २७ करोड रुपैयाँ बराबर वैदेशिक व्यापार घाटामा गएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।

जबकि अघिल्लो वर्षको यसै अवधिमा ११ खर्ब ७७ करोड १८ लाख रुपैयाँ रहेको थियो । चालू वर्षको वैशाख मसान्तसम्ममा १४ खर्ब ७४ अर्ब १८ करोड रुपैयाँको वस्तु आयात भएको विभागको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो वर्षको यसै अवधिमा १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँको वस्तु आयात भएको थियो । जसअनुसार आयातमा १३.११ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

प्रकाशित समय : १७:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु