global ime bank Long Banner Ad

गृहपृष्ठ एभरेष्ट बैंक लिमिटेडको सिन्धुलीमा १३२ औँ शाखा विस्तार

एभरेष्ट बैंक लिमिटेडको सिन्धुलीमा १३२ औँ शाखा विस्तार

एभरेष्ट बैंक लिमिटेडको सिन्धुलीमा १३२ औँ शाखा विस्तार

एभरेष्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा आइतबार सिन्धुली जिल्ला अन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको छ।

यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ। यस शाखाको विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ।

कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंकका संचालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्यबाट संयुक्त रुपमा उद्धघाटित सो समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देव नारायण श्रेष्ठ, प्रहरी नायव उपरीक्षक सूर्य प्रकाश सुबेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारीहरु लगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति थियो।

प्रकाशित समय : १०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु