global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ समान ढंगले बजेट विनियोजन गर्नुपर्नेमा कांग्रेसको जोड

समान ढंगले बजेट विनियोजन गर्नुपर्नेमा कांग्रेसको जोड

समान ढंगले बजेट विनियोजन गर्नुपर्नेमा कांग्रेसको जोड

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले आगामी आर्थिक वर्षको बजेटबारे छलफल गरेको छ ।
शनिबार नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा सांसदहरुले आफ्ना धारणा राखेको पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेले बताए ।
उनले भने, ‘मुख्य रुपमा बजेटलगायत विविध विषयमा छलफल गरिएको हो । सांसदहरुले बजेट लगायत विविध विषयहरुमा खुलेर छलफल गर्नुभयो । गर्भनरको विषयमा पनि कुरा उठ्यो । बजेट कसरी वितरण हुन्छ, बजेट वितरणमा चाँही सबैलाई समान ढंगले वितरण गर्नुपर्यो भन्ने कुराहरु पनि आए ।

बजेट कसरी वितरण हुन्छ भन्नेबारेमा सांसदहरुले प्रश्न गरेका थिए । साथै समान ढंगले र क्षेत्रगत रुपमा सन्तुलित विकास गर्ने गरी बजेट विनियोजन हुनुपर्ने कांग्रेस सांसदहरुले आफ्ना आफ्ना भनाईहरु राखे ।’

साथै संसदीय दलको बैठकमा ठूलो दलको हिसाबले सरकारमा सम्मानजनक उपस्थिति नपुगेको र अझ बढी लिनुपर्ने कुरामा सांसदहरुले आवाज उठाएका छन् ।

प्रकाशित समय : २०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु