global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुदैँ

एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुदैँ

एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुदैँ

काठमाडौं । नेपाल भलिबल संघको आयोजनामा हुने पिएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग यसपटक पोखरामा हुने भएको छ । संघले शुक्रबार एक पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिता जेठ ८ देखि १५ गतेसम्म पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने जानकारी दिएको हो ।

नियमित रुपमा प्रतियोगिता हुँदै आएको काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलको मर्मत कार्य भइरहेकाले यसपटक प्रतियोगिता पोखरामा गर्न लागिएको हो ।संघले गत संस्करणको लिगमा सहभागी भएका टिमलाई नै यसपटक निरन्तरता दिएको छ ।

लिगमा महिलातर्फ ६ र पुरूषतर्फ ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । पुरूषतर्फ हेल्प नेपाल स्पोट्र्स क्लब, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, कोशी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द भलिबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, टिप टप न्यू डायमन्ड युथ स्पोट्र्स क्लब, एभरेष्ट भलिबल क्लब र कर्णाली प्रदेशले खेल्नेछन् ।

दुवैतर्फ विजेताले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैंया प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैंया पाउँदा विधागत उत्कृष्टमा २५–२५ हजार रुपैंया राखिएको छ । लिग विजेता टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभाको च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगितामा हरेक टिमले ३ विदेशी खेलाडी खेलाउन पाउने प्रावधान रहेको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्नेछ । यसका लागि संघका तर्फबाट अध्यक्ष जितेन्द्र बहादुर चन्द र हाम्रो खेलकुदका तर्फबाट सुबास हुमागाईंले सम्झौता गरेका छन् ।

लिगको पुरस्कार रकम मात्र ३२ लाख रुपैंया रहेको छ भने कुल अनुमानित बजेट ९० लाख रहेको छ । प्रमुख प्रायोजकमा राष्ट्रिय खेलकुद परिषद रहेको छ । संघका अध्यक्ष चन्दले टिकटबाट ३०–३५ लाख उठाएर अन्य प्रायोजकबाट पनि सहयोगको अपेक्षा गरिएको जानकारी दिए ।

प्रकाशित समय : ०८:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु