global ime bank Long Banner Ad

गृहपृष्ठ प्रेस युनियनले ‘लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ गर्ने

प्रेस युनियनले ‘लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ गर्ने

प्रेस युनियनले ‘लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ गर्ने

नेपाल प्रेस युनियनले यही वैशाख २७ देखि ३० गतेसम्म ‘लोमान्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ गर्ने भएको छ ।

नागरिक समृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहुआयामिक परिवर्तन र समाजको रुपान्तरणमा योगदान पुर्याउने उद्देश्यले समिट गर्न लागिएको युनियनले जनाएको छ ।

युनियनले आज यहाँ पत्रकार सम्मेलन गरी समिट काठमाडौंबाट पोखरा हुँदै मनाङसम्म विभिन्न कार्यक्रम गरी सम्पन्न हुने जनाएको हो । विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नुपरेका समस्या, पत्रकारिताको प्रभावबारेमा दक्षिण एसियासहित विभिन्न छ मुलुकबाट आएका विषयविज्ञहरूको प्रस्तुति रहने अध्यक्ष शिव लम्सालले जानकारी दिए ।

समिटमा नेपाली पत्रकारितामा पत्रकारहरूले भोग्नुपरेका कठिनाइ, अवसर र चनौतीमा प्रस्तुति, छलफल सुझावसहित निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ । समिटमा जलवायु परिवर्तनले निम्त्याएको सङ्कटका बारेमा पनि छलफल गरिने जनाइएको छ ।

‘जलवायु सङ्कट र पत्रकारिता’, ‘एआई र न्यू मिडिया इन साउथ एसिया’ र ‘प्रेस स्वतन्त्रता र पत्रकारिता, अभ्यास तथा चुनौती’ विषयमा प्रस्तुति हुने बताइएको छ ।

प्रकाशित समय : २०:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु