global ime bank Long Banner Ad

गृहपृष्ठ जापानमा २.१ प्रतिशतले घट्यो ज्याला दर

जापानमा २.१ प्रतिशतले घट्यो ज्याला दर

जापानमा २.१ प्रतिशतले घट्यो ज्याला दर

जापानको वास्तविक ज्याला दर एक वर्षअघिको तुलनामा २.१ प्रतिशतले घटेको छ । यो गिरावट लगातार तीन महिनासम्म देखिएको हो ।

“उपभोक्ता क्रय शक्तिको ब्यारोमिटर अर्थात् मुद्रास्फीति–समायोजित वास्तविक ज्यालाको गिरावट फेब्रुअरीमा संशोधित १.५ प्रतिशत र जनवरीमा २.८ प्रतिशत गिरावट पछि भएको हो,” स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार ताजा खाद्य मूल्यहरू समावेश रहेको तर भाडाको लागत समावेश नभएको उपभोक्ता मूल्य मार्चमा अघिल्लो बर्षको सोही महिनाको तुलनामा ४.२ प्रतिशतले वृद्धि भएको छ । बढ्दो खाद्य लागतको कारण प्रेरित यो वृद्धि फेब्रुअरीमा ४.३ प्रतिशत वृद्धिबाट सुस्ताएको हो ।

जम्मा औसत ज्याला र अतिरिक्त वेतनसहित प्रति कामदार कुल औसत मासिक नगद आय २.१ प्रतिशतले बढेर ३० लाख आठ हजार ५७२ येन (करिब दुई हजार १०० अमेरिकी डलर) पुगेको छ, यो वृद्धि लगातार ३९ औं महिनाको लागि हो।

नियमित तलब अर्थात् आधार तलब मार्चमा १.३ प्रतिशतले बढेको छ भने कर्पोरेट गतिविधिको ब्यारोमिटर अतिरिक्त ज्यालाको भूक्तानी १.१ प्रतिशतले घटेको छ।

प्रकाशित समय : १९:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु