global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ अदालतको अन्तरिम आदेशसँगै रिलायन्स स्पिनिङको आईपीओ प्रक्रिया अगाडि बढ्ने

अदालतको अन्तरिम आदेशसँगै रिलायन्स स्पिनिङको आईपीओ प्रक्रिया अगाडि बढ्ने

अदालतको अन्तरिम आदेशसँगै रिलायन्स स्पिनिङको आईपीओ प्रक्रिया अगाडि बढ्ने

रिलायन्स स्पिनिङ मिल्सको सेयर जारी प्रक्रिया स्थगित गर्न धितोपत्र बोर्डले बिक्री प्रबन्धक कम्पनीलाई लेखेको पत्र विरूद्ध पाटन उच्च अदालतमा परेको रिटमा अन्तरिम आदेश भएको छ ।

रिलायन्स स्पिनिङ मिल्सले धितोपत्र बोर्डलगायतलाई विपक्षी बनाएर हालेको यस्तो रिटमा उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्र प्रसाद अवस्थी र टिकाराम आचार्यको संयुक्त इजलासले अन्तरिम आदेश दिएको हो । अब रिलायन्स स्पिनिङ मिल्सको आईपीओ निष्कासन प्रक्रिया अगाडि बढ्ने छ ।

कम्पनीले बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसामा वैदेशिक रोजगारीमा गएका नेपालीलाई आईपीओ जारी गर्न लागेको थियो । वैशाख ११ गते हालिएको रिटमा उच्च अदालतले वैशाख २४ गते यस्तो आदेश दिएको हो ।

गत वर्ष असार २६ गते अर्थमन्त्रालयबाट नेपाल धितोपत्र बोर्डमा अध्यक्षता गरिरहेका नरेन्द्रकुमार रानाले कम्पनीको आइपिओ तत्कालका लागि रोक्न निर्देशन दिएका थिए । धितोपत्र बोर्डले सो समय बिक्री प्रबन्धकलाई अर्को निर्णय नभएसम्मको लागि धितोपत्र निष्कासन प्रक्रिया रोक्का राख्न गरेको पत्राचार विरूद्ध कम्पनीले उच्च अदालतमा रिट दायर गरेको थियो । कम्पनीको सेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल छ ।

प्रकाशित समय : १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु