global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ समयमै गर्भनर नियुक्तिनगर्दा अर्थतन्त्रलाई ठूलो असर पर्छ: प्रभु शाह

समयमै गर्भनर नियुक्तिनगर्दा अर्थतन्त्रलाई ठूलो असर पर्छ: प्रभु शाह

समयमै गर्भनर नियुक्तिनगर्दा अर्थतन्त्रलाई ठूलो असर पर्छ: प्रभु शाह

आमजनता पार्टी–आजपाका अध्यक्ष प्रभु शाहले गर्भनर नियुक्तिमा ढिला भए अर्थतन्त्रलाई ठूलो असर पर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिभिसभाको बैठकमा बोल्दै उनले पार्टीको आन्तिरक द्वन्द्वका कारण गर्भनर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेकोले यस्तो मनपरि गर्न नहुने बताएकाहुन् ।

उनले भने, ‘किन अहिलेसम्म दुई महिना अगाडि गर्भनर नियुक्ति हुनुपर्ने आजसम्म नियुक्ति भएको छैन । पार्टीको आन्तिरक द्वन्द्वका कारण गर्भनर नियुक्ति नभएको कुरा छ्याछ्याप्ती आइरहेको छ । यस्तो मनपरिले देश अर्थतन्त्रलाई ठूलो असर पारिरहेको कुरा म ध्यानाकर्षण गर्न चाहन्छु ।’

साथै, उनले जनताले ब्याजमा पैसा नपाउने र जनताकै पैसा बैंकलाई ब्याजदिनुपर्ने यो भन्दा बिडम्बना के हुन्छ भन्दै प्रश्न गरे । उनले तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको स्थिती रहेको बताए ।

उनले भने, ‘बैंकरहरुको मनमानीले लुटले आज बैंकहरु अस्तव्यस्त भएका छन् । एकातिर आमजनताले कर्जा पाइराखेको छैन भने अर्कोतिर बैंकमा पैसा थुप्रिएको छ । तरलता प्रशोधनको नाममा राष्ट्र बैंकले झण्डै २१ अर्ब ब्याज तिर्नुपरेको स्थिती छ । जनताले ब्याजमा पैसानपाउने र जनताकै पैसा बैंकलाई ब्याजदिनुपर्ने यो भन्दा बिडम्बना के हुन्छ ?’

प्रकाशित समय : १३:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु