गृहपृष्ठ राउन्डटेबल नेपालले मदन–आश्रित आदर्श माध्यमिक विद्यालयका एकहजार एक सय ११ विद्यार्थीलाई छात्रावृत्ति दिने
राउन्डटेबल नेपालले मदन–आश्रित आदर्श माध्यमिक विद्यालयका एकहजार एक सय ११ विद्यार्थीलाई छात्रावृत्ति दिने

अन्तराष्ट्रिय संस्था राउन्डटेबल नेपालले ‘एजुकेटर चाइल्ड’ कार्यक्रम अन्तर्गत मदन–आश्रित आदर्श माध्यमिक विद्यालयका एक हजार एक सय ११ विद्यार्थीलाई छात्रावृत्ति दिने भएको छ ।
शुक्रबार बुढानिलकण्ठस्थित मदन–आश्रित आदर्श माध्यमिक विद्यालयमा‘एजुकेटर चाइल्ड’ कार्यक्रम सुभारम्भ गरिएको हो ।
कार्यक्रमपछि नेपाल न्यूजबैंकसँगको कुराकानीमा संस्थाका अध्यक्ष प्रवेश अग्रवालले पिछडीएका वर्गका विद्यार्थीहरुलाई शिक्षाबाट बञ्चीत नगराउने उद्देश्यले उक्त कार्यक्रमको सुरु गरिएको जानकारी गराए ।
कार्यक्रमअन्तर्गत नेपालभरी नै राउनटेबलको उपस्थिति रहेको ठाउँबाट संकलन गरेर मदन–आश्रित आदर्श माध्यमिक विद्यालयका एक हजार एक सय ११ विद्यार्थीलाई छात्रावृत्ति दिने उनले जानकारी दिए ।
उनले भने,‘अलिकति पछि परेको वर्ग जुन हुन्छ । तिनिहरुलाई भोलीको भविष्यमा के गर्न सक्छौं । भनेर एउटा कार्यक्रम सुरु गर्यौ । एजुकेटर चाइल्डको कार्यक्रम छ । जसमा उनीहरुले वर्षभरीको पढाई शुल्क तिर्ने पार्टबाट हामी स्पोन्सर गछौं । नेपाल अधिराज्यभरीको जहाँजहाँ राउनटेबलको उपस्थिति छ । त्यहाँबाट संकलन गरेर एक हजार एक सय ११ विद्यार्थीलाई एकाडेमिक गर्ने यो कार्यक्रम लञ्च गर्दै छौं । विगत ४ –५ वर्षदेखि नै सुरु भएको हो र यो ठूलो हुँदै गएको छ ।’
त्यस्तै, उनले समाजबाट केही ग्रहण गर्नेमात्र नभई योगदान पनि पुर्याउनुपर्छ भन्ने मान्यताले आफूहरुले सेवा प्रदान गरिरहेको बताए । उनले संस्थाले ४० वटा स्कुलहरुमा चार सय भन्दा बढि कक्षा कोठा बनाएर सेवा दिइसकेको बताए ।
उनले भने,‘केही कुरा ग्रहण गर्नेमात्र होइन् । केही योगदान पनि दिऊ भन्ने हिसाबले यो सेवा दिइरहेका छौं । ४० नपुगेका युवाहरुले समाजमा योगदान पुर्याउने हिसाबले सेवा दिइरहेको छौं । हामीले चारसयभन्दा बढि कक्षा कोठा बनाएर सेवा दिएका छौं । शिक्षाको क्षेत्रमा विगत २५ वर्षदेखि हामीले कम्तिमा ४० वटा स्कुलहरुमा सेवा प्रदान गरेको छ ।’
त्यस्तै, बुढानिलकण्ड नगरपालिका प्रमुख मिठाराम अधिकारीले शैक्षिक क्षेत्रमा राउन्डटेबलले गरेको योगदानप्रति आभार व्यक्त गरे ।
प्रकाशित समय : १३:१८ बजे