गृहपृष्ठ बैंकहरुको मुद्दति निक्षेपमा राष्ट्र बैंकले २० करोड लगानी गर्ने
बैंकहरुको मुद्दति निक्षेपमा राष्ट्र बैंकले २० करोड लगानी गर्ने

बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा नेपाल राष्ट्र बैंकले २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागेको हो ।
नेपाल राष्ट्र बैंकले कुल रकममध्ये १६ करोड रुपैयाँ वाणिज्य बैंकमा, ३ करोड रुपैयाँ राष्ट्रिय स्तरका विकास बैंकमा र बाँकी १ करोड रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने उल्लेख गरेको छ ।
त्यसका लागि इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाले वैशाख २८ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ । यो मुद्दति निक्षेप २०८२ जेठ ५ गतेदेखि २०८३ जेठ ५ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ ।
प्रकाशित समय : १७:२२ बजे