global ime bank Long Banner Ad

गृहपृष्ठ प्रसिद्ध धर्मगुरु स्वामी रामभद्राचार्य जनकपुरमा, हिन्दु धर्ममाथिको आक्रमण रोक्न आग्रह

प्रसिद्ध धर्मगुरु स्वामी रामभद्राचार्य जनकपुरमा, हिन्दु धर्ममाथिको आक्रमण रोक्न आग्रह

प्रसिद्ध धर्मगुरु स्वामी रामभद्राचार्य जनकपुरमा, हिन्दु धर्ममाथिको आक्रमण रोक्न आग्रह

जनकपुर । सम्पूर्ण हिन्दूहरुलाई जागृत हुन स्वामी रामभद्राचार्यजी महाराजले आग्रह गरेका छन् ।
धर्मचक्रवर्ती तुलसीपीठाधीश्वर ‘पद्मविभुषण’ जगद्गुरू रामानन्दाचार्य स्वामी रामभद्राचार्य जी महाराजले सम्पूर्ण हिन्दूहरुलाई जागृत हुन आग्रह गरेका हुन् ।

सोमबार जनकपुरधामस्थित जानकी मन्दिर दर्शन गर्न आएका विश्वप्रसिद्ध हिन्दू धर्मगुरु रामानन्दाचार्य स्वामी रामभद्राचार्य जीले विभिन्न स्थानमा हिन्दूहरुप्रति भइरहेको आक्रमणको सामना गर्न सम्पूर्ण हिन्दूलाई एकजुट भएर लड्न आग्रह गरेका छन् ।

उनले मुस्लिमलगायत अन्य धर्मावलम्बिहरुले मिलेर एक मात्र हिन्दू राष्ट्र नेपाललाई बरबाद गरेको बताए । उनले नेपाल र भारतलाई हिन्दू राष्ट्र हुनुपर्ने धारणा राखे । साथै उनले नेपालमा राजा आउनुपर्ने पनि बताए ।

रामानन्दाचार्य स्वामी रामभद्राचार्य जीलाई जनकपुरवासीले भव्य स्वागत गर्नुका साथै मिथिला परम्परा अनुसार गारी (सम्धि पक्षलाई दिने व्यङयात्मक गाली) दिएका थिए ।
उनले जानकी मन्दिरको गर्भगृहमा पूजा गर्नुका साथै मन्दिर परिक्रमा गरी प्रसाद ग्रहण गरेका थिए । उनी भारत विहारको सितामढि प्रस्थान गरेका छन् ।

प्रकाशित समय : १४:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु