global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ जसपा बारा अध्यक्षमा रमेश यादव

जसपा बारा अध्यक्षमा रमेश यादव

जसपा बारा अध्यक्षमा रमेश यादव

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल बाराको प्रथम जिल्ला अधिवेशनमा भएको निर्वाचनबाट अध्यक्ष पदमा रमेश कुमार यादव प्यानल सहित निर्वाचित भएका छन् ।

सिद्धेश्वर उच्च माध्यमिक विधालय कलैयामा निर्वाचनको परिणाम अनुसार पचरौता नगरपालिकाका पूर्व मेयर समेत रहेका यादव अध्यक्ष पदमा निर्वाचित भएका हुन्।

कुल मतदाता संख्या ४ सय ७९ रही ४ सय ७२ मत मात्र खसेकोमा रमेश कुमार यादवले २ सय ६९ मत प्राप्त गरी विजयी भएका छन्। उनको निकटतम प्रतिद्वन्द्वी धर्मवीर यादवले १ सय ७५ मत प्राप्त गरेका थिए।

यादवको अध्यक्षमा
५७ सदस्यीय जिल्ला कार्यसमिति गठन गरिएको छ। नवगठित जिल्ला समितिको उपाध्यक्ष पदमा शिवेन्द्र प्रताप सिंह , पुनम देवी कुशवहा , सचिवमा शम्भु कुमार गुप्ता , उप(सचिव सिकेन्द्र दास , नन्दन गुप्ता , कोषाध्यक्ष विनोद प्रसाद यादव निर्वाचित भएका छन् ।

गत १३ र १४ गते सुरुभएको जसपा बाराको प्रथम अधिवेशनलाई पार्टीका राष्ट्रिय उपाअध्यक्ष राजकिशोर यादवले उद्घाटन गरेका थिए।

प्रकाशित समय : १३:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु