global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

सांसद शक्ति बस्नेतले विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । आज बसेको प्रतिनिधिसभाको शून्य समयमा  नीति तथा कार्यक्रम र आगामी वर्षका लागि विनियोजित हुने बजेटको प्रभावकारी कार्यान्वयनमा जोड दिएको हो ।

यसैगरी, अन्य सांसदहरूले विभिन्न समसामयिक विषयमा आफ्नो धारणा राखेको थियो । सांसद सुदन किरातीले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत आवश्यक बजेट व्यवस्था गरी जनतालाई ऋणमुक्त गर्ने व्यवस्थाका लागि अपिल गरे ।

यसैगरी, सांसद सुनिता बरालले सरकारी कार्यालयमा भएका प्रयोगविहीन सवारीसाधनलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिए । “पुराना सवारीसाधनले वातावरणमा समेत असर गरेको छ । विद्युतीय सवारीसाधनमा समेत परिवर्तन गर्न सकिन्छ”, उनले भने ।

सांसद सुरेन्द्रराज आचार्यले वर्षायाम सुरू भइसकेको उल्लेख गर्दै कपिलवस्तुस्थित वाणगङ्गा नदीमा आउने बाढीका कारण बस्ती जोखिममा रहेकाले राज्यले सजकता अपनाउनुपर्नेमा जोड दिए ।

सांसद सुशीला श्रेष्ठले नेपालको पूर्वी पहाड पर्यटकीय विकासका लागि सुरक्षित बन्दोबस्त गरिनु आग्रह गरे । सुहाङ नेम्वाङले राकेँ–रबी–भेरेटार सडकखण्डको कालेपत्र सुस्तगतिमा अगाडि बढेको भन्दै समयमा नै सम्पन्न गर्न र फिदिम रङ्गशालालाई पूर्णता दिनुपर्नेमा जोड दिए ।

सांसद सूर्यकुमारी श्रेष्ठले पेट्रोल खानी उत्खनन दैलेखमा भइरहेको भन्दै सडक दुई लेनका सडकखण्ड विस्तारका लागि बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । सांसद सूर्यप्रसाद ढकालले राप्ती सोनारी गाउँपालिकाअन्तर्गतको बाँकी रहेको क्षेत्रमा हुलाकी राजमार्गको काम समयमा नै सम्पन्न गर्न आग्रह गरे ।

सांसद सूर्यमान तामाङ दोङले अरनिको राजमार्ग सडक खण्डको विस्तार समयमा नै सम्पन्न गर्नका लागि अनुरोध गरे । सञ्जयकुमार गौतमले बर्दियाको सदरमुकाम नै बाढीको जोखिममा रहेको भन्दै बबई भेरी नदी नियन्त्रणका लागि आवश्यक पहल गर्न आग्रह गरे ।

सांसद हितराज पाण्डेले नेपालमा विद्युत् विकासको सम्भावना भएको र खानीको उत्खननले मुलुकको विकास हुने भन्दै तामाखानी उत्पादनका लागि जनशक्ति उत्पादनमा पहल गर्न आग्रह गरे । सांसद हेमराज राईले रेशम चौधरीमाथि गैरकानुनी रुपमा पक्राउ गर्नुले कानुनी राज्यको गिल्ली उठाएको भन्दै संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन अनुरोध गरे ।

सांसद हृदयराम थानी कर्णाली प्रदेश विकासमा पछि परेको भन्दै कर्णालीलाई उपेक्षा नगर्न आग्रह गरे । “बजेट जति आफ्नै निर्वाचन क्षेत्रमा खन्याउँदा कर्णालीलाई अन्याय भएको छ,” उनले भने । सांसद ज्ञानबहादुर शाहीले रवीन्द्र मिश्रलगायतका नेताहरू अहिलेसम्म हिरासतमा राखिनु मानव उल्लङ्घन भएको र सबिन महर्जनमाथि गोली चलाउनेमाथि छानबिन गर्न राज्यको न्यायिक छानबिन समिति गठन गर्नुपर्ने माग गरे ।

शून्य समयमा बोल्दै सांसदहरू बीना जैसवाल र हर्कमाया विश्वकर्माले समसामयिक विषयमा आफ्नो धारणा राखेको थियो ।

प्रकाशित समय : १३:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु