global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ प्रिसा साह मृत्यु प्रकरणः भारतसँग संवाद अघि बढाउन सरकारलाई सभामुखको रुलिङ

प्रिसा साह मृत्यु प्रकरणः भारतसँग संवाद अघि बढाउन सरकारलाई सभामुखको रुलिङ

प्रिसा साह मृत्यु प्रकरणः भारतसँग संवाद अघि बढाउन सरकारलाई सभामुखको रुलिङ

सभामुख देवराज घिमिरेले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रिसा साहको मृत्युबारेमा सत्यतथ्य पत्तालगाउन सरकारलाई रुलिङ गरेका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा सांसदहरूले प्रिसाको मृत्युकाबारेमा आवाज उठाएका थिए । त्यसपछि सभामुख घिमिरेले भारतको किट विश्वविद्यालयमा नेपाली विद्यार्थीको मृत्यु हुनु राष्ट्रको संवेदनशील विषय भएको भन्दै सत्य तथ्य पत्ता लगाउन सरकारलाई निर्देशन दिएका हुन् ।

साथै उनले घटनाबारे संवाद अघि बढाएर परिवारलाई सहयोग गर्न र विदेशमा अध्ययनरत विद्यार्थीको आवश्यक सुरक्षा मिलाउन सरकारलाई निर्देशन दिएका छन् । उक्त विश्वविद्यालयमा अध्ययनरत प्रकृति लम्सालपछि प्रिसा साहको रहस्यमय मृत्यु भएको थियो ।

सभामुख घिमिरेले भने, ‘उज्यालो भविष्यका सपना बोकेर अध्ययनका लागि विदेशिएका विद्यार्थीहरूको एकपछि अर्को रहस्यमय मृत्युको घटना राष्ट्रको संवेदनशीलता र जिम्मेवारीसँग जोडिएको गम्भीर प्रश्न पनि हो । सरकारलाई यस घटनाप्रति गहिरो चासो लिँदै सत्यतथ्य पत्ता लगाउन भारत सरकारसँग उच्च तहमा कुटनीतिक संवाद अघि बढाउन र परिवारलाई आवश्यक न्यायिक सहयोग गर्न निर्देश गर्दछु । साथै, विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न दीर्घकालीन नीतिगत पहलहरू अवलम्बन गर्न अपील गर्दछु ।’

प्रकाशित समय : १२:२२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु