global ime bank Long Banner Ad

गृहपृष्ठ कोसिली उद्योगद्वारा नेकपा महासचिव विप्लवलाई खाजा सामग्री हस्तान्तरण

कोसिली उद्योगद्वारा नेकपा महासचिव विप्लवलाई खाजा सामग्री हस्तान्तरण

कोसिली उद्योगद्वारा नेकपा महासचिव विप्लवलाई खाजा सामग्री हस्तान्तरण

गण्डकी प्रदेशस्थित नेकपाको पार्टी कार्यालयमा आज एक महत्वपूर्ण भेटघाट सम्पन्न भएको छ । स्थानीय कोसिली उद्योगका उद्यमी गोविन्द थापाले पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) लाई आफ्नै उत्पादनका खाजा सामग्री हस्तान्तरण गरेका छन् ।

उक्त अवसरमा उद्यमी थापाले स्वदेशमै उत्पादित खाजाका सेट महासचिव विप्लवलाई हस्तान्तरण गर्दै नेपाली उद्योगीहरूले भोग्नुपरेका समस्याहरूबारे अवगत गराए । उनले राज्यको उचित ध्यान र सहयोगको अभावमा उद्योग क्षेत्र कठिन अवस्थाबाट गुज्रिरहेको बताए ।

महासचिव विप्लवसँगको भेटलाई फलदायी मान्दै थापाले आफ्नो उद्योगले उत्पादनसँगै स्वरोजगारी सिर्जनामा पनि योगदान पु-याएको जानकारी दिए । देशमा व्याप्त राजनीतिक अस्थिरताले अर्थतन्त्रलाई नराम्ररी असर गरेको उनको भनाइ थियो ।

यस भेटघाटमा महासचिव विप्लवले राष्ट्रिय पुँजीपति र स्वदेशी उद्योगीहरूसँग सहकार्य गरेर देशलाई आत्मनिर्भर र समृद्ध बनाउने आफ्नो पार्टीको स्पष्ट नीति रहेको बताए । उनले सहकारीमार्फत उत्पादन र पार्टीको स्वामित्वमा रहेको जग्गालाई एकीकृत रूपमा उपयोग गरी काम अगाडि बढाइएको जानकारी दिए । उद्यमी थापासँगको यो भेटले सकारात्मक सन्देश दिएको विश्वास उनले व्यक्त गरे ।

प्रकाशित समय : १०:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु