global ime bank Long Banner Ad

गृहपृष्ठ रूपसे झरनामा पर्यटकीय पूर्वाधार

रूपसे झरनामा पर्यटकीय पूर्वाधार

रूपसे झरनामा पर्यटकीय पूर्वाधार

पर्यटकको सहजताका लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानास्थित रूपसे झरनामा पूर्वाधार निर्माण थालिएको छ ।

चीन र भारतलाई जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडकको छेउमा रहेको रूपसे झरना अवलोकन गर्ने पर्यटकको सहजताका लागि अन्नपूर्ण गाउँपालिकाले तीन करोडभन्दा बढीको लागतमा पूर्वाधार निर्माण थालेको हो ।

सार्वजनिक शौचालय, फेदीदेखि झरनाको माथिल्लो भागसम्म पुग्ने पहाडमा फलामको रेलिङसहितको पदमार्ग, झ¥याङ र खाजाघरलगायतका पूर्वाधार गर्न लागिएको अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जाले बताए ।

“सङ्घीय सरकारले तीन करोड ६४ लाख विशेष अनुदान उपलब्ध गराएको रूपसे झरना पर्यटन पूर्वाधार योजना कार्यान्वयनका लागि छनौट भएका निर्माण कम्पनीले काम थालेको छ,” उनले भने “झरना परिसरमा व्यवस्थित पूर्वाधार बनाएर पर्यटकलाई सुरक्षित रूपमा अवलोकन गर्ने ब्यवस्था मिलाउने उद्देश्य रहेको छ ।”

विसं २०८१ जेठ ३० गते सुन्दर निर्माण सेवाले तीन करोड २३ लाख ५५ हजार ३६९ मा ठेक्का सम्झौता गरेको योजना विसं २०८२ पुस २५ गते सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म करिब २० प्रतिशत भौतिक प्रगति भएको अन्नपूर्ण गाउँपालिकाका सवइञ्जिनियर बालकृष्ण पौडेलले जानकारी दिए ।

प्रकाशित समय : ०५:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु