global ime bank Long Banner Ad

गृहपृष्ठ रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

रोग नियन्त्रणमा अमेरिकी वैज्ञानिकको आधुनिक पहल

अमेरिकाको स्वास्थ्य तथा मानव सेवा विभाग र राष्ट्रिय स्वास्थ्य संस्थानले बिहीबार ‘जेनेरेसन गोल्ड स्ट्यान्डर्ड’ नामक नयाँ खोप प्रणालीको सुरुवात गर्ने घोषणा गरेका छन्।

यो प्रणाली महामारी ल्याउने सम्भावित भाइरसहरूका विरुद्ध व्यापक सुरक्षा प्रदान गर्नको लागि बनाइएको हो। यो परम्परागत खोप प्रविधिको आधुनिक रूप हो, जसमा सम्पूर्ण भाइरसलाई निष्क्रिय पारेर खोप तयार गरिएको छ।

राष्ट्रिय स्वास्थ्य संस्थानका अनुसार, यो पहल पारदर्शिता, प्रभावकारिता र आपतकालीन तयारीमा महत्त्वपूर्ण परिवर्तन ल्याउने उद्देश्य राख्दछ। यसले नयाँ प्रकारका फ्लु र कोरोना भाइरसका खोपहरू विकास गर्नमा सहयोग पुर्याउनेछ।

यो प्रणालीले एच५एन१ पन्छी फ्लु जस्ता भाइरसहरू विरुद्ध सुरक्षा दिने लक्ष्य राखेको छ।

राष्ट्रिय स्वास्थ्य संस्थानका निर्देशक डा. जय भट्टाचार्यले भने, जेनेरेसन गोल्ड स्ट्यान्डर्ड एउटा नयाँ सोच हो। यसले खोपको प्रभाव परम्परागत सीमाभन्दा बाहिर पु-याउने योजना छ।

प्रकाशित समय : २१:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु