nmb bank

गृहपृष्ठ भारतमा कियाकाे बिक्री १८ प्रतिशतले बढ्यो

भारतमा कियाकाे बिक्री १८ प्रतिशतले बढ्यो

भारतमा कियाकाे बिक्री १८ प्रतिशतले बढ्यो

भारतको लोकप्रिय कार निर्माता किया इन्डियाले अप्रिल २०२५ मा पनि आफ्नो बिक्रीको वृद्धि कायमै राखेको छ । कम्पनीले घरेलु बजारमा २३,६२३ यूनिट बिक्री गर्‍यो, जुन अघिल्लाे वर्षकाे तुलनामा १८.३ प्रतिशतले बढी हाे ।

यसअघि अप्रिल २०२४ मा १९,९६८ यूनिट बिक्री भएको थियाे ।

कियाको बिक्रीमा सोनेट ८,०६८ यूनिटसहित पहिलो स्थानमा रह्यो, त्यसपछि सेल्टोस ६,१३५ यूनिटसहित दोस्रो स्थानमा छ । क्यारेन्सले ५,२५९ यूनिटसहित आफ्नो बलियो माग कायम राख्यो भने नयाँ लन्च गरिएको सिरोसले कुल बिक्रीमा ४,००० यूनिटको आशाजनक योगदान दिएकाे कम्पनीकाे भनाइ छ । प्रिमियम एमपीवी कार्निवल लिमोसिनले मासिक तथ्याङ्कमा १६१ यूनिट थपेकाे छ ।

चालू वर्ष २०२५ मा, सिरोसको सफल सुरुवातपछि किया इन्डियाले ग्राहकहरूबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ, जसले गत वर्षको सोही अवधिको तुलनामा १६.२ प्रतिशत वार्षिक वृद्धि दर्ता गरेको छ।

प्रकाशित समय : २०:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु