काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

पशुपति विकास कोषको ऐन परिमार्जन र संशोधन सहित मस्यौंदा तयार भएको छ: मन्त्री पाण्डे

1.46K
shares

संस्कृति, पर्यटनतथानागरिक उड्डयनमन्त्री बद्री प्रसादपाण्डेले पशुपतिविकास कोषको ऐन परिमार्जन र संशोधनगर्ने गरी मस्यौंदा तयार भैइसकेको बताएका छन् । बुधबार पशुपतिक्षेत्र विकास कोषको ३९औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले पशुपति विकास क्षेत्रको ऐनचाँडै मन्त्रिपरिषद्को बाटो हुँदै संसदमालिएर जाने बताएका हुन् ।

उनले भने, ‘हामीले कोषको ऐन परिमार्जन र संशोधनगर्ने गरी मस्यौंदा पनितयार गरिसकेका छौं । पशुपति विकास क्षेत्रको ऐनपनि हामी चाँडै मन्त्रिपरिषद्को बाटो हुँदै संसदमा लिएर जान्छौंर समसामयिक परिवर्तन गर्छौं । त्यसैगरी नियमावली लगायतका विषयहरुमा पनि विभिन्न खालका कुराहरु,विभिन्न खालका अपेक्षाहरु,विभिन्न आवश्यकताहरुलाई हामीले अर्थमन्त्रालय, कानुन मन्त्रालय, लोकसेवा आयोग लगायत सम्बन्धित ठाउँहरुमा हामीले गर्नुपर्ने काममन्त्रालयका तर्फबाट तदरुकताका साथगर्छौं ।’

साथै उनले नेपाल भन्ना साथ पशुपतिनाथको नाम सधैं अगाडि आउने गरेको बताए । उनले पशुपति नाथले बोकेको दर्शन र उच्चआस्थाले नै नेपाललाई कहिले तलपर्न नदिने बताए । उनले भने, ‘हाम्रोदेशको, हाम्रो सभ्यताको परिचयपहिचानभनेकै देवताका पनि देवता मानिएका महादेव हाम्रो आफ्नो पहिचानहो । विशेषगरी हामी कहिँकतै गयौंभने नेपाल भन्ना साथ पशुपतिनाथको नाम सधैं अगाडि आउँछ ।पशुपतिनाथ सँग धेरै कुरा आस्थाछ । त्यो कारणले नेपालको आफ्नो पहिचान पनिछ । नेपालको राजनीति, कुटनीति, नेपालको अर्थनीति कहिँकतै कमजोर हुनखोज्यो भने पनिहाम्रो पशुपतिनाथले बोकेको जुनदर्शन छ, पशुपतिनाथले बोकेको जुनउच्च आस्थाछ त्यो आस्थाले नेपाललाई कहिले तलपर्न दिँदैन ।नेपाललाई माथि उठाउँछ ।’