global ime bank Long Banner Ad

गृहपृष्ठ तेस्रो त्रैमाससम्म ज्योति विकास बैंकको नाफा ३० करोड ६६ लाख

तेस्रो त्रैमाससम्म ज्योति विकास बैंकको नाफा ३० करोड ६६ लाख

तेस्रो त्रैमाससम्म ज्योति विकास बैंकको नाफा ३० करोड ६६ लाख

ज्योति विकास बैंक लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकले ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको यही समीक्षा अवधिमा १५ करोड २४ लाख रुपैयाँ नाफा कमाएको थियो । बैंकको सञ्चालन नाफा बढेको छ भने इम्पेयरमेन्ट चार्ज घटेको छ । जसले गर्दा नाफामा सुधार आएको हो । बैंकको इम्पेयरमेन्ट चार्ज ८३ करोडबाट घटेर ५२ करोड १६ लाख रुपैयाँमा झरेको छ । यसको सञ्चालन नाफा पनि ९८.३८ बढेको छ ।

गत वर्ष २२ करोड रुपैयाँ सञ्चालन नाफा गरेको बैंकले अहिले बढाएर ४३ करोड ७९ लाख रुपैयाँ पुर्याएको छ । ज्योति विकास बैंकको खुद ब्याज आम्दानी भने ७.१९ प्रतिशतले घटेर १ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ । हाल यस बैंकको चुक्ता पुँजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ८५ करोड रुपैयाँ जम्मा रहेको छ । बैंकको नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । गत वर्ष ४ रुपैयाँ ६२ पैसा रहेको यसको प्रतिशेयर आम्दानी अहिले बढेर ९ रुपैयाँ ३ पैसा कायम भएको छ । त्यस्तै बैंकको प्रतिशेयर नेटवर्थ १५१.९ पैयाँ रहेको छ ।

प्रकाशित समय : १६:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु