गृहपृष्ठ नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले करिब ३९ प्रतिशतले बढायो नाफा
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले करिब ३९ प्रतिशतले बढायो नाफा
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको चैत त्रैमाससम्म ४ अर्ब ५४ करोड रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.६१ प्रतिशतले धेरै हो ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो । इम्पेयरमेन्ट चार्जमा कमी आएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा बढेको हो । बैंकको इम्पेयरमेन्ट चार्ज ३ अर्ब ४ करोड ९७ लाखबाट घटेर १ अर्ब १९ करोड ८१ लाख रुपैयाँमा झरेको छ ।
यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.५० प्रतिशत घटेर १० अर्ब ३१ करोड ४९ लाख रुपैयाँ रहेको छ । सञ्चालन नाफा २२.२६ प्रतिशत बढेर ६ अर्ब ६१ करोड १४ लाख रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म यस बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड ८५ लाख ९८ हजार रुपैयाँ छ ।
जगेडा कोषमा ३१ अर्ब ९५ करोड रुपैयाँ छ । ४ खर्ब ५५ अर्ब ८९ करोड ९ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ३ खर्ब २७ अर्ब ८२ करोड ३४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । यसको वितरणयोग्य नाफा भने १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ । बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९४ पैसा बढेर १७ रुपैयाँ ७४ पैसा पुगेको छ भने प्रति शेयर नेटवर्थ १९० रुपैयाँ छ । बैंकको कुल खराब कर्जा १.४० प्रतिशत विन्दुले बढेर ४.३९ प्रतिशत कायम भएको छ ।
प्रकाशित समय : १४:५८ बजे



















