गृहपृष्ठ एनएमबी बैंकका सिइओ घिमिरेले सम्हाले जिम्मेवारी
एनएमबी बैंकका सिइओ घिमिरेले सम्हाले जिम्मेवारी
एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) गोविन्द घिमिरेले आज बुधबारबाट जिम्मेवारी सम्हालेका छन् ।
वैशाख ९ गते मंगलबारदेखि सिइओबाट सुनिल केसी बाहिरिएसँगै घिमिरेले जिम्मेवारी सम्हालेका हुन् । घिमिरेलाई बैंक सञ्चालक समितिले गत फागुनमा नै २०८२ वैशाख १० देखि सिइओ बनाउने निर्णय गरेको थियो ।
फागुन मसान्तमा तत्कालीन सिइओ सुनिल केसीको दोस्रो कार्यकाल पूरा भएको थियो । बाफिया कार्यान्वयन भएको मितिले वैशाख ९ मा ८ वर्ष पूरा हुने र दुई कार्यकालको अधिकतम अवधि पूरा हुने थियो ।
प्रकाशित समय : ११:३५ बजे



















