global ime bank Long Banner Ad

गृहपृष्ठ बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको कानेपोखरी गाउँपालिका–७ मा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ । यस्तै एक जना पुरुष घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार झापाको काँकडभिट्टाबाट धरानतर्फ जाँदै गरेको गोरखा यातायातको को१ख ७४८२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको स४प ५८४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

दाहालका अनुसार उदयपुरको बेलका नगरपालिका–४ घर भएकी अन्दाजी ५५ वर्षीया कुमारी आचार्यको घटनास्थलमै मृत्यु भएको हो । शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अन्दाजी ३५ वर्षीय हरि शर्मा गम्भीर घाइते भएका छन् ।

प्रकाशित समय : ११:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु