global ime bank Long Banner Ad

गृहपृष्ठ निषेधित क्षेत्र तोड्नेबारे नेताहरूलाई ब्रिफिङ गर्दै राप्रपा अध्यक्ष लिङ्देन

निषेधित क्षेत्र तोड्नेबारे नेताहरूलाई ब्रिफिङ गर्दै राप्रपा अध्यक्ष लिङ्देन

निषेधित क्षेत्र तोड्नेबारे नेताहरूलाई ब्रिफिङ गर्दै राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्दै छ । आज हुने प्रदर्शनमा सरकारले घोषणा गरेको निषेधित क्षेत्र तोड्ने राप्रपाको तयारी छ ।

राप्रपाको यस्तो तयारीपछि सरकारले पनि सुरक्षा व्यवस्था कडा बनाएको छ । यसअघि हिजो एक विज्ञप्ति प्रकाशित गरी गृह मन्त्रालयले निषेधित क्षेत्र तोड्न खोजिए कारबाही गर्ने चेतावनी दिएको थियो ।

आजै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आज काठमाडौंमा हुने प्रदर्शनमा सीमित नेताहरू मात्र सहभागी हुने जनाएका छन् । पार्टीको प्रदर्शनबारे आज बिहान फेसबुकमा लेख्दै लिङ्देनले आफूहरूको विरोध प्रदर्शन प्रतीकात्मक र शान्तिपूर्ण भएको उल्लेख गरेका छन् ।

भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो, लिङ्देनले भनेका छन्, जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ ।

प्रकाशित समय : ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु