गृहपृष्ठ रिलायबल नेपाल लाइफको म्युचुअल फन्डमा आवेदन दिने म्याद थप
रिलायबल नेपाल लाइफको म्युचुअल फन्डमा आवेदन दिने म्याद थप
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको म्युचुअल फन्डमा आवेदन दिने म्याद थपिएको छ।
इन्स्योरेन्सले बीमा क्षेत्रकै पहिलो ‘रिलायबल समृद्धि योजना’ नामक म्युचुअल फन्डका इकाइ खरिदका लागि आज वैशाख ७ गतेसम्मको समय दिईएकोमा म्याद थप गरिएको हो । रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटलकाअनुसार यो म्युचुअल फन्डमा अब वैशाख १७ गतेसम्म आवेदन दिन सकिनेछ।
यस योजनाका १ अर्ब रुपैयाँको बिजपुँजीबराबरको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिएको छ। कुल इकाइमध्ये १५ प्रतिशतले हुन आउने १ करोड ५० लाख इकाइमध्ये कोष प्रवद्र्धक रिलायबल नेपाल लाइफलाई १४ प्रतिशतले हुन आउने १ करोड ४० लाख इकाइ र १ प्रतिशतले हुन आउने १० लाख इकाइ योजना व्यवस्थापक रिलायबल क्यापिटललाई छुट्याइएको छ। बाँकी ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्कासन गरिएको छ।
प्रकाशित समय : ११:३४ बजे



















