global ime bank Long Banner Ad

गृहपृष्ठ ऐतिहासिक नवदेग पुरानै शैलीमा पुनःनिर्माण हुँदै

ऐतिहासिक नवदेग पुरानै शैलीमा पुनःनिर्माण हुँदै

ऐतिहासिक नवदेग पुरानै शैलीमा पुनःनिर्माण हुँदै

काठमाडौं महानगरपालिका–२५ मा अवस्थित ऐतिहासिक नव देग, अर्थात् भवानी शंकर मन्दिर, अहिले पुनःनिर्माणको चरणमा रहेको छ ।

कुल ५ करोड ३५ लाख ८० हजार रुपैयाँको लागतमा निर्माण भइरहेको यस मन्दिरको काम २०८२ साल फागुन ४ गतेसम्म सम्पन्न गर्ने लक्ष्यसहित अगाडि बढाइएको छ । मन्दिर पुनर्निर्माणको लागि २०८१ साल भाद्र २ गते कार्यादेश दिइएको थियो।

इतिहासमा हेर्दा, सन् १६७५ मा प्रताप मल्लको शासनकालमा शक्तिशाली महामन्त्री देवीदास चिकुथिले मन्दिर निर्माण गराएका थिए । नव देग मन्दिरलाई त्यतिबेलाको एक अग्लो, कलात्मक र प्रभावशाली संरचनाका रूपमा लिइन्छ ।

पुनःनिर्माणसँगै, यस मन्दिरको पुरानो शिलालेखको अध्ययन गरिँदा ४९ पङ्क्तिहरू रहेको एक लेख भेटिन्छ, जसमा २५ पङ्क्तिमा महादेवको स्तुति गरिएको छ भने बाँकीमा मन्दिर सञ्चालन, नित्य पूजा र आरतीसम्बन्धी व्यवस्था उल्लेख गरिएको छ ।

ब्राह्मण पुजारीमार्फत मन्दिरमा नित्य पूजा गरिन्छ भने प्रत्येक महिनाको पहिलो दिन, पूर्णिमामा, र महाशिवरात्रिमा विशेष पूजा गरिने प्रचलन रहेको छ । हाल पुनःनिर्माण भइरहेको संरचना अनुसार, मन्दिरको तल्लो भागमा ५ तले ईँटको भ¥याङ निर्माण हुनेछ भने त्यस माथि ३ तले मन्दिर बनाइनेछ ।

यद्यपि सन् १९७५ सालको अभिलेखमा यो मन्दिर एक तले देखिएको भए पनि, त्यही अभिलेखका आधारमा अहिले तीन तले स्वरूपमा पुनर्निर्माण भइरहेको हो ।

प्रकाशित समय : ११:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु