पूर्वप्रदेश प्रमुख डा. अहिराविरुद्ध पक्राउ पुर्जी जारी
वि.सं.२०८२ वैशाख ३ बुधवार १५:१५
shares

मधेशवादी अभियन्ता तथा मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। फौजदारी कसुरमा काठमाडौँजिल्ला अदालतले अहिराविरुद्ध पक्राउ अनुमति जारी गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार एउटा जाहेरी परेको र उनीमाथि अनुसन्धान जारी छ।
जाहेरीमा डा. अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ ।
























