गृहपृष्ठ सेबोन, नेप्से र सीडीएसका प्रमुखबीच छलफल
सेबोन, नेप्से र सीडीएसका प्रमुखबीच छलफल

नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएस)का प्रमुखबीच छलफल भएको छ ।
नेप्से प्रमुख कार्यकारी अधिकृतको रुपमा चुडामणि चापागाईं आएसँगै सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँगको भेटमा तीन निकायको नियमित रुपमा बैठक बस्नुपर्ने भन्दै प्रस्ताव गरेका थिए । सो प्रस्तावमा सेबानका अध्यक्ष श्रेष्ठ पनि सकारात्मक देखिएको थिए ।
सीईओ चापागाईंको प्रस्ताव अनुसार नै बुधबार पहिलो छलफल भएको सेबोनले जनाएको छ । छलफलमा सेबोनका अध्यक्ष श्रेष्ठ, नेप्सेका सीईओ चापागाईँ र सीडीएसका प्रबन्ध सञ्चालक प्रवीन पन्दाकबीच छलफल भएको हो ।
प्रकाशित समय : १४:४३ बजे