global ime bank Long Banner Ad

गृहपृष्ठ वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्वारा अपिल

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्वारा अपिल

वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न मन्त्री यादवद्वारा अपिल

जनता समाजवादी (जसपा) का उपमहासचिव एवं खानेपानीमन्त्री एवं प्रदीप यादवले वीरगञ्जमा शान्ति र सद्भाव कायम राख्न आम नागरिकमा अपिल गरेका छन्।

पछिल्लो केही दिन यतादेखि वीरगञ्जमा दुई समुदायबिच द्वन्द्व भइरेकाले उनले आज सामाजिक सञ्जालमार्फत शान्ति र सद्भाव कायम राख्न सबै समुदाय एवं नागरिकहरुमा अपिल गरेका हुन्।

ऐतिहासिक क्रान्तिको शहर वीरगञ्जको मौलिक पहिचान धार्मिक स्थलहरू, विशिष्ट तरिकाले मनाइने पर्व–यात्राहरू र सामाजिक सांस्कृतिक सामन्जस्यले पनि भएको र नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धार्मिक–सांस्कृतिक आस्थाको स्वतन्त्रता दिएको उनले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।

यसैगरी मन्त्री यादवले वीरगञ्ज क्षेत्रमा एक अर्का समुदायको पर्व–यात्रामा मिलिजुली मनाउने, सहयोग तथा सद्भाव राख्ने गौरवशाली परम्परा रहि आएको तथा यहाँका बासिन्दाहरूको सुझबुझ र समझदारीले गर्दा देखा पर्ने पारस्परिक तनाव वा असमझदारीलाई आपसी संवादको माध्यम बाट समाधान गर्ने गरिएको विगत रहेको बताएका छन् ।

प्रकाशित समय : १४:४० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु