global ime bank Long Banner Ad

गृहपृष्ठ प्रभु बैंकका ग्राहकले गोरखा गार्डन होटलमा विशेष छुट पाउने

प्रभु बैंकका ग्राहकले गोरखा गार्डन होटलमा विशेष छुट पाउने

प्रभु बैंकका ग्राहकले गोरखा गार्डन होटलमा विशेष छुट पाउने

प्रभु बैंक लिमिटेड र गोरखा नगरपालिका वडा नं.–६ अर्घले स्थित गोरखा गार्डन होटल प्रा.लि.बीच व्यावसायिक साझेदारीको लागि सम्झौता भएको छ।

यही २ गते एक कार्यक्रमका बीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो।

गोरखा गार्डन होटल प्रा.लि.का अध्यक्ष सुरेन्द्र कुँवर र प्रभु बैंक लिमिटेड गण्डकीका प्रमुख प्रदेश अधिकृत राजु रानाले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड-क्रेडिट कार्ड तथा बैंकको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा गोरखा गार्डन होटलमा उपलब्ध आवास, खाना तथा मनोरञ्जन लगायतका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

प्रकाशित समय : १४:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु