गृहपृष्ठ हास्य हराएको मान्छेको भूमिका निर्वाह गर्न चाहन्थेँ : अभिनेता आचार्य
हास्य हराएको मान्छेको भूमिका निर्वाह गर्न चाहन्थेँ : अभिनेता आचार्य

कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, विसं २०७९ मा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषणा भएर पुरस्कृत भएपछि उनले आफूलाई नियमितभन्दा फरक भूमिकामा कला प्रस्तुत गर्दै आएका छन।
चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै उनले सुरुमा कथाअनुसारको पात्र भएर बाँच्न कठिनाइ भएको स्मरण गरे । किनकि उनले यस किसिमको पात्रको भूमिकामा रही अभिनय नगरेको धेरै भएको थियो । यद्यपि कथा र उठान गरिएको विषयवस्तुले भने अभिनेता आचार्यलाई लोभ्याएको थियो ।
“एउटा कलाकारले कहिले पनि राम्रो कथालाई छाड्न सक्दैन । फिल्ममा अभिनय गर्नेक्रममा निर्देशकले तपाईँ नेपाल जान नपाउने हुनुभयो भने के गर्नु हुन्छ, भनेर प्रश्न गरेपछि सुरुमा एकछिन अप्ठ्यारोमा परेँ । त्यही भावलाई चलचित्रमा प्रस्तुत गर्न भन्नुभयो, त्यही गरेँ । अहिले फर्केर हेर्दा राम्रै गरेँजस्तो लाग्छ”, अभिनेता आचार्यले स्प्ष्ट गरे।
उनले चलचित्रमा भूठानबाट अमेरिका पुगेको एक व्यक्तिको भूमिका निर्वाह गरेका छन । उक्त व्यक्ति आफ्नै देशमा फर्किन चाहेन्थे तर नसकिरहेको घटनाक्रममा आधारित भई अभिनेता आचार्यले चलचित्रमा अभिनय गरेका छन ।
विनोद पौडेलले निर्देशन गरेको चलचित्रमा अभिनेता आचार्यसँगै हलिउड अभिनेता ब्रुस डर्न, दयाहाङ राई, अनुराधा मजुमदार, पूजा चन्द लामा, रिचा घिमिरे, जोएस पाण्डेलगायतका कलाकारले अभिनय गरेका छन । चलचित्र ‘भूठान’ यही वैशाख १२ गतेदेखि देशभर प्रदर्शन हुने बताएको छ ।
प्रकाशित समय : १४:१५ बजे