global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ शिक्षक आन्दोलन आजपनि जारी

शिक्षक आन्दोलन आजपनि जारी

शिक्षक आन्दोलन आजपनि जारी

सरकारले शिक्षकहरूको मागको सम्बोधन गर्न तयार रहेको जनाएपछि शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन् ।

आफुहरुसंग भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन जारी नभएसम्म घर नफर्किने भन्दै उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वमा बुधबार पनि शिक्षकहरूले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् । शिक्षकहरूले निरन्तर आन्दोलन गरेपछि मंगलबार राती बसेको मन्त्रीपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि संघीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

बैठकले एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी कार्य थलोमा फर्किन अनुरोध समेत गरेको थियो ।

प्रकाशित समय : १३:५४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु