global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ समृद्धि फाइनान्सको सीइओमा सन्तोष कुमार घिमिरे नियुक्त

समृद्धि फाइनान्सको सीइओमा सन्तोष कुमार घिमिरे नियुक्त

समृद्धि फाइनान्सको सीइओमा सन्तोष कुमार घिमिरे नियुक्त

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले नयाँ नेतृत्वको सुरुवात गर्दै सन्तोष कुमार घिमिरेलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। संस्थाका सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईसमक्ष पद तथा गोपनीयताको शपथ लिएर घिमिरेले आजदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका हुन्।

पूर्व सीईओ टीका निधि लोहनीको राजीनामापछि फागुन २८ गते बसेको सञ्चालक समितिको बैठकले २०८२ साल वैशाख १ गतेदेखि लागू हुने गरी चार वर्षको कार्यकालका लागि घिमिरेलाई नियुक्त गर्ने निर्णय गरेको हो।

घिमिरे यसअघि गोर्खाज फाइनान्सको सीईओ रहनुका साथै नेपाल राष्ट्र बैंकका सेवा निवृत्त कर्मचारी समेत हुन्। बैंकिङ क्षेत्रको तीन दशकभन्दा लामो अनुभव, रणनीतिक दृष्टिकोण र नेतृत्व क्षमताका आधारमा संस्थाले उनलाई सीईओको जिम्मेवारी सुम्पिएको जनाएको छ।

प्रकाशित समय : २१:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु